सरकार अप्ठ्यारोमा परे पनि भ्रष्टाचारविरूद्धको अभियान रोकिँदैन : गृहमन्त्री


१ भाद्र २०८०, शुक्रबार
narayankaji htkfBsCGP8

गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको सरकारको अभियान कुनै पनि हालतमा नरोकिने प्रष्ट पारेका छन् ।

आज (शुक्रबार) गोरखामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्वहरू सलबलाउन थालेका र उनीहरू यो अभियानलाई कसरी भाँजो हाल्न सकिन्छ भन्ने षड्यन्त्र गरिरहे पनि उनीहरूका षड्यन्त्रले सरकारको अभियान नरोकिने बताएका हुन् ।

सरकार अप्ठ्यारोमा पर्छ भने पनि सुशासनको अभियान रोक्ने पक्षमा वर्तमान सरकार नरहेको उनले बताएका छन् । ‘तस्कर र ठग, भ्रष्टाचारीका संरक्षकहरूले सरकारलाई अप्ठ्यारो पारे भनेर तैं चुप मै चुप भएर बसौं, पहिला जे छ त्यस्तै गरी चलौं भन्ने पक्षमा सरकार छैन,’ उनले भने ।

मन्त्री श्रेष्ठले सरकारलाई धम्काएर र घेराबन्दी गरेर कसैले आफ्नो सपना पूरा हुन्छ भन्ने नसोच्न पनि आग्रह गरे । ‘जुन बिन्दुसम्म पदमा बस्छौं देश र जनताका निम्ति प्रतिबद्ध भएर काम गर्छौं । यो अभियान हामी बिसर्जित गर्दैनौं । निरन्तर अगाडि बढाउँछौं,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७