दुबईपछि प्रधानमन्त्रीका दुवै छोरी रेनु र गंगा नयाँ दिल्लीमा


१ भाद्र २०८०, शुक्रबार
490 Shares
PM Daoughter Renu and Ganga

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दुवै छोरी भारत गएका छन् । प्रधानमन्त्रीको निजी सचिवसमेत रहेकी कान्छी छोरी गंगा र माइली तथा भरतपुर महानगरकी मेयर रेनु दाहाल नयाँ दिल्ली पुगेका हुन् ।

गंगा आज बिहान साढे १० बजे काठमाडौंबाट एअर इण्डियाको उडान नम्बर एआई २१४ मा त्यसतर्फ गएकी हुन् । रेनु गत मंगलबार तीन जनाको टोलीसहित नयाँ दिल्ली पुगेकी थिइन् ।

यसअघि रेनु र गंगा १६ असारमा दुबैजना दुबई गएका थिए । उनीहरुका साथमा आफन्त गोकुल भण्डारीसमेत दुबई गएका थिए । भण्डारी व्यवसायी हुन्। उनीहरुको दुबई भ्रमणको स्पष्ट उद्देश्य नखुले पनि आर्थिक व्यवस्थापनमा गएको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७