नेपाल प्रहरीका एआईजीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


२ भाद्र २०८०, शनिबार
police head

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरुको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उपत्यका प्रहरीको प्रमुखमा दीपक थापा सरुवा भएको स्रोतले जनायो । यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ । त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ । दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छन् ।

मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ । यसैबीच काठमाडौं ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ । स्रोतका अनुसार काठमाडौंमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७