अचानक ढलेका सशस्त्रका एसपी थपलियाको निधन


२ भाद्र २०८०, शनिबार
suman

पर्सा । सशस्त्र प्रहरी बल (एपीएफ) पर्साका एक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को निधन भएको छ । १३ नम्बर गण पर्सामा कार्यरत एसपी सुमन थपलियाको शनिबार दिउँसो निधन भएको हो ।

अचानक ढलेका उनलाई अस्पताल लगिएको थियो । उनलाई वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पतालले दिउँसो १ बजे मृत घोषणा गरेको एपीएफ मुख्यालयले जनाएको छ । उनको हृदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ । उनले २०६० सालमा इन्सपेक्टरबाट सेवा सुरु गरेका थिए । उनको स्थायी घर नुवाकोट हो । उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७