आरती साहलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन


२०८० भदौ २ शनिबार ०७:१० बजे

काठमाडौँ । घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै आज (शनिबार) काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

९० दिन बितिसक्दा पनि आरती साह मृत्यु प्रकरणको अनुसन्धानका लागि पीडित परिवार संघर्षरत रहे पनि सरकार र अन्य सरोकारवाला मौन रहेको भन्दै उनका परिवार तथा युवाहरूले मुखमा कालो पट्टी बाँध्दै मौन धर्ना दिएका हुन् । आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षले दावी गर्दै आएको छ । आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधी उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७