साउदी दमामका लागि निगमको सिधा उडान, टिकट बुकिङ खुला


२ भाद्र २०८०, शनिबार
nepal airlines

काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरबको दमाम नियमित सिधा उडानका लागि शनिबारबाट टिकट बुकिङ्ग खुला गरेको छ । निगमले भदौ २० गतेदेखि सो उडान सञ्चालन गर्ने जनाएको हो ।

उडान तालिका अनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्नेछ । बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको समेत निगमले जनाएको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइट www.nepalairlines.com.np मा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट सकिने ।

यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ । काठमाडौं–दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ । दमाम–काठमाडौंका लागि भने ५९५ साउदी रियाल फेयर तोकिएको छ । साउदी धेरै नेपाली रोजगारीमा जाने गन्तव्य हो । यसले नेपालीहरुको आवतजावतलाई ठूलो राहत पुग्ने निगमका प्रवक्त रमेश पौडेलले बताए ।

b

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७