लद्दाखमा ट्रक ६० फिट तल खस्दा नौं भारतीय सैनिकको मृत्यु


३ भाद्र २०८०, आईतवार
indian sena 2oztX2db6T

नयाँदिल्ली । लद्दाखमा भारतीय सेना चढेको गाडी दुर्घटना हुँदा नौं जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार साँझ भारतीय सेनाका जवान एम्बुलेन्ससहित पाँच वटा गाडीमा लेहबाट लद्दाखस्थित केरीका लागि प्रस्थान गरेका थिए ।

उनीहरू क्यारीमा बनाइएको सेनाको डिभिजनल हेडक्वाटरतर्फ जाँदै थिए । तर त्यहाँ पुग्नुभन्दा ७ किलोमिटरअगाडि न्योमा नजिकै सेनाको ट्रक चिप्लिएर ६० फिट गहिरो खाडलमा खसेको हो । उक्त ट्रकमा एक जेसीओसहित १० जना जवान थिए। तीमध्ये ९ जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा हवलदार अनुज कुमार, गनर तरनदीप सिंह, गनर चन्द्रशेखर, लान्स नायक तेजपाल सिंह, नायब सुभेदार रमेश लाल, लान्स नायक मनमोहन सिंह, डीएमटी अंकित कुण्डु, हवलदार विजय कुमार, हवलदार महेन्द्र सिंह सिकरवार र डीएमटी वैभव भोइटे घाइते छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७