सर्पले डस्दा १६ वर्षीय किशोरको मृत्यु


४ भाद्र २०८०, सोमबार
56 Shares
369295637 841987070837718 7880310646690313666 n1692581136

डडेल्धुरा । डडेल्धुरामा सर्पले डसेर एक किशोरको ज्यान गएको छ । परशुराम नगरपालिका–११ डौणीका १६ वर्षीय कृष्ण धामीको सर्पदंशबाट मृत्यु भएको हो ।

आइतबार बिहान करिब २ बजे सर्पले डसेपछि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । सडक सुविधाबाट टाढा रहेको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लैजाँदै गर्दै बाटोमै मृत्यु भएको स्थानीय गणेश बोहराले बताए । धामी आलिताल गाउँपालिका–६ दोबाटामा रहेको सिद्धभगवती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७