‘फरार’ भनिएका पूर्वमन्त्री जोशी आफै पुगे सीआईबी कार्यालय, बयान नलिई फर्कायो


४ भाद्र २०८०, सोमबार
chandradev joshi

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा फरार भनिएका पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीलाई नेपाल प्रहरीले बयान लिन सीआईबीको कार्यालयमै बोलाएर त्यसै फर्काएको छ ।

पूर्वमन्त्री जोशीलाई बयानका लागि सोमबार सीआईबी प्रमुख किरण वज्राचार्यले फोन गरेर कार्यालयमा बोलाएकी थिइन् । सीआईबी प्रमुखले बोलाएपछि जोशी सोमबार दिउँसो १ बजे सीआईबीको कार्यालय पुगेका थिए । तर बयान दिन कार्यालय पुगे पनि फेरि बोलाउँला भनेर त्यसै फर्काएको जोशीले जानकारी दिएका छन् ।

‘पहिलो पटक सीआईबी प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरि अहिले नआउनु भनि खबर आयो । आज फेरि बोलाए बमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिएँ’, जोशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो ।’

जोशीले भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा आफ्नो प्रतिबद्धता कायम रहेको भन्दै आफू फरार नभएको पनि स्पष्ट पारेका छन् । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सीआईबीले पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको समेत बयान लिएर प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७