सात शिशुको हत्या गर्ने बेलायती नर्सलाई आजीवन कारावास


५ भाद्र २०८०, मंगलवार
115340130 c0f3b1b0 5994 4d4e a23a c3f4a0ccdacb

काठमाडौं । बेलायती सिरियल किलर नर्स लुसी लेटबीलाई सात बालबालिकाको हत्या र छ जनाको हत्या प्रयास गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

म्यानचेस्टरमा न्यायाधीश गसले लुसी लेटबीको क्रूर कार्यहरू भयानक डरलाग्दो भएको बताए । उनले अहिले पनि लुसीमा कुनै पछुतो नदेखिएको बताए । लेटबीले सजायको घोषणाको क्रममा अदालतमा उपस्थित हुन अस्वीकार गरकी थिइन् । त्यस क्रममा पीडित परिवारको अवस्था पनि बताउनुपर्ने थियो ।

लेटबीलाई चेशाइरको काउन्टेस अफ चेस्टर अस्पतालमा सात शिशुको हत्या र अन्य ६ शिशुको हत्या प्रयासमा दोषी ठहर गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७