यसरी हुँदैछ नयाँ एकिकृत पार्टीको घोषणा


२ जेष्ठ २०७५, बुधबार
Oli Prachand

काठमाडौं, २ जेठ । नेकपा (एमाले) र माओवादी केन्द्रले बिहीबार पार्टी एकतासँगै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बालुवाटारमा २ घन्टा लामो वार्तापछि यस्तो सहमति भएको हो । Oli Prachandफाइल तस्बिर ।

उक्त बैठकपछि एकता प्रक्रिया टुंग्याउँदै एकीकृत पार्टी दर्ता गर्ने तयारी भएको नेताहरुले बताएका छन् । भने पार्टी एकताको अन्तिम निर्णय गर्न बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक डाकिएको छ ।

एक नेताका अनुसार नयाँ पार्टीको केन्द्रीय समितिमा माओवादीभन्दा एमालेबाट २०–२५ जना मात्र बढी राख्ने सहमति भएको छ । यसअघि नयाँ पार्टीको केन्द्रीय समिति ३०० जनाको हुने बताइएको थियो । नयाँ पार्टीको केन्द्रीय समिति ४ सयको हाराहारीमा हुने छ ।

यस विषयमा निर्णय गर्न एमाले र माओवादी केन्द्रले नै आजै चार बजे बैठक बोलाउको छ । एमालेले आज ४ बजे स्थायी समिति बैठक डाकेको छ । भने माओवादी केन्द्रले केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ ।

यस्तो छ तयारी
बैठकले मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्ने अन्तिम तयारी गरेका हो । एमालेका तत्कालित महासचिव भण्डारीको २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी निधन भएको थियो ।
स्रोतका अनुसार भोलि विहान ७ बजे दुबै पार्टीका अध्यक्षले मदन भण्डारीको शालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ४ बजे पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७