एमाले अध्यक्ष ओली भेट्न अमेरिकी राजदूत थम्पसन बालकोटमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन बालकोट पुगेका छन् ।
अमेरिकी राजदूत थम्पसन मंगलबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता ओली निवास बालकोट पुगेका हुन् । दुईबीच दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ ।