कामिरिता शेर्पाले बनाए विश्व कीर्तिमान, २२ औं पटक सगरमाथा शिखरमा


२ जेष्ठ २०७५, बुधबार
kamirita 1 1652018091848

काठमाडौं, २ जेठ । कामिरिता शेर्पाले २२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व कीर्तिमान बनाएका छन् । बुधबार बिहान ८ः३० मा सगरमाथाको टुप्पोमा पाइला राखेर नयाँ विश्व रेकर्ड बनाएका हुुन् । उनले यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेर आप्पा शेर्पाको विश्व कीर्तिमानी तोडेका थिए ।

kamirita 1 1652018091848
कामिरिता शेर्पाले २२ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका न् । तस्विर : सामाजिक सञ्जाल

कामिरिताले आरोहणमा जानुअघि आफूले आप्पाको कीर्तिमान तोड्न नभई काम र बाध्यताले जान लागेको प्रतिक्रिया दिएका थिए । पासाङल्हामु गाउँपालिका–५, थामे सोलुखुम्बुका ४८ वर्षीय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाइला राख्ने आरोहीमा दर्ज भएका छन् । उनलाई सामाजिक सञ्जालमा देश–विदेशदेखि शुभकामनाको ओइरो लाग्न थालेको छ ।

कामिरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ देखि हो । उनले पहिलो सफल आरोहण १९९४ मे १३ तारिखका दिन गरेका थिए । चार वर्ष उनले ‘रोप फिक्सिङ’ (क्याम्प २ देखि शिखरसम्म डोरी टाँग्ने) टोलीको नेतृत्व गरेका थिए । उनले एकै साल दुई पटकसम्म आरोहण पनि गरेका छन् ।

कामिरिताले सन् २०१२ मा रोप फिक्सिङ गरेर फर्किएपछि चौथो शिविरबाट विदेशी टोलीलाई चुचुरोमा पु¥याएका थिए । तर उनले त्यस वर्ष दुई पटक आरोहण गरेको प्रमाणपत्र पाएनन् । उनले ८ हजार मिटरको ५ वटा हिमाल चढिसकेका छन् । संसारकै जोखिमपूर्ण भनिएको पाकिस्तानको माउन्ट केटु सन् २०१४ मा आरोहण गरे ।

त्यसैगरी ल्होत्से, चोयु र मनास्लु चढिसकेका छन् । आप्पापछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा चढेका थिए । आप्पाले सन् २०११ बाटै आरोहण छोडे । फुर्वाले सन् २०१३ बाट छोडे । त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७