सशस्त्रका ८४ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)


५ भाद्र २०८०, मंगलवार
apf office

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आज (मंगलबार) ८४ जना सशस्त्र प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको छ ।

२०६४ सालको सिसं ७ बाट यसअघि ५६ जना डीएसपीमा बढुवा भईसकेको छन् । बाँकी आज बढुवा सिफारिस भएका हुन् । यस्तै २०६६ मंसिर २१ गते भर्ना भएका सिसं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जना समेत डीएसपी बढुवामा सिफारिसमा परेका छन् ।

डीएसपी भएका दुवै टोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मूल्याङ्कनलाई आधार बनाइएको बताइएको छ । सिसं ३ बाट यसअघि एसपी भएका पनि सोही आधारमा गर्दा धेरैजसो पहिलो लटमा डीएसपी भएका र केही दोस्रो लटमा डीएसपी भएका थिए । सो टोली २०६७, २०६९ र २०७० मा गरी तीन पटक डीएसपी बढुवा भएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि बृत्तिबिकासमा ध्यान दिदै संगठनलाई नीति नियम अनुसार अघि बढाउन खोजेसँगै सरुवा बढुवा लगायतमा परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेपछि एसएसपीदेखि सहायक हवल्दारसम्म ६,४१३ जना कर्मचारीको एकैपटक बढुवा भएको छ ।

यस पटक ओएण्डएम नभएको भए डीएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने थियो । संगठनको इतिहासमा नै यस प्रकारको बढुवा भएको पहिलो हो । सशस्त्र प्रहरीमा वर्षौदेखि रहेको बृत्तिबिकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन (ओएण्डएम) मार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए ।

यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरु एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ । गत असार ३१ गते सशस्त्र प्रहरी बलले एसएसपीदेखि सहायक हवलदार सम्मको बढुवाको लागि सूचना प्रकाशित गरेको थियो । जसअनुसार करिब एक महिना बीचमा एसएसपी १२ , एसपी ५६ , डिएसपी ८४ , इन्सपेक्टर ७३ , वरिष्ठ सइ ५० , सइ १ सय ४३ , असइ ८२, वरिष्ठ हवलदार १ सय १८ , हवलदार १ हजार ९ सय २५ र सहायक हवलदारमा ३ हजार ८ सय ७० गरि कुल ६ हजार ४ सय १३ जनाको बढुवा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७