नृत्य निर्देशक संघ काठमाडौं शाखाको अध्यक्षमा महेश र सचिवमा ममता निर्वाचित


५ भाद्र २०८०, मंगलवार
343 Shares
9299351777052000433

काठमाडौं । नृत्य निर्देशक संघ नेपाल काठमाडौं शाखाको छैटौं अधिबेशनबाट अध्यक्षमा महेश थापा र सचिव ममता राई निर्वाचित भएको छ ।

शनिबार मिलनचोक पार्टी प्यालेस कपनमा भएको अधिबेशनबाट भएको हो।

अधिबेशनबाट उपाध्यक्षमा सरस्वती पोख्रेल र छिरिङ लामा, सचिबमा ममता राई,सहसचिवमा लक्ष्मी पुरी,कोषाध्यक्षमा निरु फुयाल ,सह-कोषाध्यक्षमा अनिल भुजेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा पुर्ण लामा,भावना राई, समृद्धि पन्त, सुरेन राई,आकृति गुरुङ,आशिष रुम्बा र प्रकाश शर्मा चयन भएका छन् ।

प्रमुख अतिथि नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवनदास श्रेष्ठ रहनुभएको कार्यक्रममा कार्यक्रम संयोजक देबराज गुरुङ र निर्बाचन अधिकृतमा केशव कोइराला रहेको थिए । सहमतिमा नेतृत्व चयन हुन नसकेपछी अन्तिममा निर्वाचनबाटै नेतृत्व चयन भएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७