अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनर्निर्माण


६ भाद्र २०८०, बुधबार
hanuman dhoka

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनर्निर्माण अझै सुरु हुन सकेको छैन ।

बजेट अभावमा विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रका २२ सम्पदा पुनर्निर्माण अझै सुरु गर्न नसकिएको हनुमानढोका दरबार हेरचाह अड्डाका इञ्जिनीयर रेणु महर्जनले जानकारी दिए । साढे आठ वर्षअघिको भूकम्पले यस क्षेत्रका ७५ सम्पदामा क्षति पुगेको थियो । त्यसमध्ये ४२ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । हाल ११ सम्पदा पुनर्निर्माण हुन बाँकी छ । २२ वटा सम्पदा पुनर्निर्माणमा भने अझै केही हुन नसकेको हो । हनुमानढोका दरबार क्षेत्रमा ९५ सम्पदा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७