सुन तस्करी प्रकरण : सिंहदरबारमा उच्चस्तरीय समिति बनाउनेबारे दलहरुको बैठक


६ भाद्र २०८०, बुधबार
All party 1 scaled

काठमाडौं । संसद् अवरोध हटाउने प्रयासस्वरुप शीर्ष नेतासहित सचेतकको छलफल सुरु भएको छ । साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेबारे राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सिंहदरबारमा सुरु भएको हो ।

All party 2

सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायत दलका सचेतकहरू सहभागी छन् ।
हिजोका लागि तय भएको बैठक ओली बिरामी भएपछि आजका लागि सारिएको थियो ।

एमालेका अवरोधका कारण साउन १० गते यता सदन चल्न सकेको छैन । शीर्ष नेताहरूबीच सुन तस्करी प्रकरणबारे छानबिन गर्न आयोग बनाउने सहमति जुटिसकेको छ ।

यसअघि दलहरुको बैठकले उच्चस्तरीय समितिको कार्यप्रणाली र मापदण्ड बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई तोकेको थियो । मंगलबार बिहान तीन सदस्यीय कार्यदलको बैठकले उच्चस्तरीय समितिको टीओआरको ड्राफ्ट बनाएको थियो।तीन नेताको कार्यदलले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति बनाउन सिफारिस स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७