संसद कसले बन्द गर्‍यो ? कसले खोल्यो ? छानविन होस् : सांसद केसी


६ भाद्र २०८०, बुधबार
chitrabahadur kc Sw36uR0wHu

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद बन्द गर्ने र खुलाउने विषयमा गम्भीर छानविन हुनुपर्ने माग गरेका छन् । आज (बुधबार) प्रतिनिधिसभाको वैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरणको छलफल संसदमा हुनुपर्ने भन्दै संसद अवरोध गर्ने र खुलाउने विषयमा छानविनको माग गरेका छन् ।

‘संसद कसले बन्द गर्‍यो ? कसले खोल्यो भन्ने विषयमा गम्भीर छानविन हुनुपर्छ । नेपाली जनता बाढी–पहिरोबाट मरिरहेका छन् । महँगीले जनताको ढाड भाँचिएको छ । १० रुपैयाँको टमाटरको भाउ सय रुपैयाँ कटेको छ । नक्कली भुटानी शरणार्थी बनाउने, ललिता निवासको जग्गा बेच्नेहरूको विषयमा छलफल गर्नु पर्दैन?,’ उनले प्रश्न गरे।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ९९ प्रतिशतले समर्थन गर्दा आफू तीन छक्क परेको बताएका छन् । ‘तर बजेट पास गर्ने बेला त झण्डैले सरकार गएको । के कारणले समर्थन गर्दा रहेछन् त ?,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७