यी १६ सांसद भए १० भन्दा बढी प्रतिनिधिसभा बैठकमा अनुपस्थित

काठमाडौं । १० वा सोभन्दा बढी प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका सांसदहरूको सूचना सभाले स्वीकृत गरेको छ ।
आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेस गरेका थिए । उक्त सूचना बहुमतले स्वीकृत गरेको छ ।
१० वा सो भन्दा बढी संसद वैठकमा अनुपस्थित हुने सांसदहरूमा दुर्लभ थापा, मनोरमा शेरचन, विनोद चौधरी रहेका छन् । यस्तै, चन्द्र भण्डारी, विनाकुमारी थनैत, वर्षमान पुन, आशा विक छन् । अनुपस्थित हुनेहरुमा डा. नारायण खड्का, जीवन परियार, विष्णुकुमार कार्की, धवल शमशेर जवरा, किशोरसिंह राठोर, ज्ञानबहादुर शाही, सपना राजभण्डारी, चन्दा चौधरी, एलपी सवा लिम्बू छन् ।