प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, के छन् कार्यसूचीमा ?


७ भाद्र २०८०, बिहीबार
Samsad bhadau 6

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । दलहरुबीच सहमति नहुँदा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक बुधबारदेखि नियमित बस्न थालेको हो ।

हिजोको बैठकमा बोल्ने विभिन्न राजनीतिक विपक्षी पार्टीका नेताले विपक्षी दल र तिनका नेतामाथि विभिन्न आरोप लगाएका छन् । आजको बैठकमा एउटा मात्रै कार्यसूची राखिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८÷०७९ पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७