जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने


७ भाद्र २०८०, बिहीबार
upendra yadav

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरु गठन तथा पुनर्गठन गर्ने भएको छ । यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरु गठन र पुनर्गठन गरिने भएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनले जिल्ला-विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको छ र सोहीबमोजिम पार्टीले सङगठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिए ।

पार्टीले आगामी कात्तिक मसान्तभित्र नामावली सहितको साङ्गठनिक विवरण पठाउन पार्टी सङ्गठन र समितिलाई निर्देशन दिएको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ । सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनुपर्नेगरी निर्देशन जारी गरिएको पनि प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७