काठेपुल भाँचिँदा पाडोसहित गोठालो बेपत्ता, भैँसी जिउँदै भेटियो


७ भाद्र २०८०, बिहीबार
56 Shares
Pul kathe lamjung
फाइल फोटो

बाजुरा । बाजुरामा काठेपुल भाँचिँदा खोलामा खसेर एक जना बेपत्ता भएका छन् । बाजुरा प्रहरीका अनुसार बाजुरा बूढीनन्दा नगरपालिका–३, लौठारुखका २७ वर्षीय गंग लुहार सोही नगरपालिकाको वडा नम्बर ४ मा रहेको घोडाकोट खोलामा खसेर बेपत्ता भएका हुन् ।

उक्त खोलामा रहेको काठेपुल (सांगो) बाट भैँसी र पाडोसहित खोला पार गर्ने क्रममा अचानक काठेपुल भाँचिएको हो । भैँसी र पाडोसँगै खोलामा खसेका लुहार हराएका हुन् । यस्तै भैँसी जिउँदै अवस्थामा खोलामा किनारमा फेला परे पनि पाडो भने हराएको प्रहरीले जनाएको छ। प्रहरीले खोजी जारी राखेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७