रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु : स्थानीयद्वारा ट्रकमा आगजनी, राजमार्ग अवरुद्ध


७ भाद्र २०८०, बिहीबार
truck aagjani1692869646

रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका– १ मा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा चन्द्रपुर– १ की अन्दाजी ५५ वर्षीया बिमलाकुमारी बिमलीको मृत्यु भएको हो । ठक्करबाट महिलाको मृत्यु भएपछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । पहिला ठक्कर मात्र दिएको ट्रकले पछि ब्याक गरेर बिमलीको हत्या गरेको स्थानीयको आरोप छ ।

ट्रकका चालक हाल फरार रहेका छन् । सहचालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा आगजनी भएपछि आगो निभाउन आएको चन्द्रपुर नगरपालिकाको वरुणयन्त्रमा समेत स्थानीयले टोडफोड गरेका छन् । अहिले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीय आन्दोलित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७