राष्ट्रपतिसँग जापानी सांसदहरुको भेटवार्ता


७ भाद्र २०८०, बिहीबार
14 Shares
japanes samsad npziS8MrLB

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानको संसद्को माथिल्लो सदनका सांसदहरू साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्य समेत रहेका कोबायाशी काजुहिरो र नागइ मान्बुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको बताएको प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा राष्ट्रपति पौडेले नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास तथा सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७