ललिता निवास प्रकरणमा बहालवाला न्यायाधीश पनि संलग्न, कीर्ते मुद्दा चलाउन सिफारिस


७ भाद्र २०८०, बिहीबार
lalita

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा बहालवाला जिल्ला न्यायाधीश विनोदकुमार गौतम पनि जोडिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवादी बनाउनु पर्ने राय दिएको छ ।

बहालवाला न्यायाधीशलाई कारबाही गर्ने अधिकारी प्रहरीलाई नहुने भएकाले उसले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा न्याय परिषद्मा कारबाहीका लागि लेखी पठाउनुपर्ने राय दिएको हो । भौतिक योजना तथा निर्माण मन्त्रालयको कानून शाखामा रहँदा गौतमले आफ्नो कार्य क्षेत्रबाहिर गएर काम गरेको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘सरकारी जग्गा व्यक्तिलाई दिने काममा कुन कानूनअन्तर्गत हुन्छ भन्ने आधारसमेत उल्लेख नगरेरै हचुवाकै भरमा राय दिएकाले कारबाहीका लागि न्याय परिषद्मा लेखि पठाउनु पर्छ’, सीआईबीले बुझाएको प्रतिवेदनमा भनिएको छ ।

कानूनी परामर्श दिनुको सट्टा कीर्ते प्रमाण जुटाउने योजनामा गौतमको संलग्नता रहेको सीआईबीको अनुसन्धानले निष्कर्ष निकालेको छ । गौतमविरुद्ध २०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मुद्दा चलाएको थियो ।
तर, आफू बहालवाला न्यायाधीश रहेको र आफूमाथि न्याय परिषद्ले मात्रै अनुसन्धान, छानबिन र कारबाही गर्न पाउने भन्दै अख्तियारको मुद्दा चलाउने निर्णयविरुद्ध सर्वोच्चमा उनले रिट हालेका थिए । पछि सर्वोच्चले उनको माग अनुसारको आदेश दिएपछि निलम्बित गौतम पदमा बहाल भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७