भीरबाट लडेर एक पुरुषको मृत्यु


२०८० भदौ ८ शुक्रबार १०:३१ बजे

तेह्रथुम । तेह्रथुममा भीरबाट लड्दा एक पुरुषको मृत्यु भएको छ । बिहीबार दिउँसो भीरबाट लड्दा लालीगुराँस नगरपालिका ८ सुङनाम का ४८ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । बारीबाट आलुको बोरा बोकेर घरतर्फ जाँदै गर्दा उनी भीरबाट लडेका हुन् ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। लिम्बु घर नफर्किएपछि खोजी गर्दा उनको शव फेला परेको हो। लिम्बुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७