सिरहाको विष्णुपरकट्टीमा राखिएको एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । प्रमु खप्रतिपक्षी नेकपा एमालेले सिरहाको विष्णुपरकट्टीमा राखेको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले एक विज्ञप्तिमार्फत् बैठक स्थगित भएको जानकारी गराएका हुन् ।
‘नेकपा (एमाले) केन्द्रीय सचिवालयको २०८० भदौ ९ गते सिराहा जिल्ला धनगढीमाई नगरपालिका–४ विष्णुपरकट्टीमा आयोजित विशेष बैठक प्रतिकूल मौसमका कारण स्थगन भएको व्यहोरा जानकारी गराइन्छ,’ गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अविरल वर्षा, बाढीका कारण बैठक स्थगित भएको जानकारी उनले बताएका छन् । तत्कालीन मालेको चौथो महाधिवेशन यही स्थानमा भूमिगत रुपमा बसेको थियो । महाधिवेशनका लागि काठको दुई तले घर नै बनाइएको थियो । सोही घरमा केन्द्रीय सचिवालय बैठक बस्ने तयारी गरिएको थियो । सोही बैठकबाट मालेको महासचिवमा मदन भण्डारी निर्वाचित भएका थिए ।