नेपालमा अन्तिम विद्रोह जरुरी छ : विप्लव


८ भाद्र २०८०, शुक्रबार
Biplaw scaled

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चाका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा अन्तिम विद्रोह जरुरी रहेको बताएका छन् । समाजवादी मोर्चाको पर्साको वीरगञ्जमा आयोजित सभामा बोल्दै उनले नेपालको दलाल पुँजीवादविरुद्धको अन्तिम विद्रोह आवश्यक रहेको बताएका हुन् । उनले त्यो विद्रोहमा मधेसको साथ पनि चाहिने बताएका छन् ।

उनले अहिलेको व्यवस्थाले जनताको चाहना पूरा नगरेको लगाए । ‘नेपालमा अहिले पनि श्रमिकहरू मारमा परेका छन् । दुई छाक टार्न पनि श्रमिक वर्गलाई धौधौ छ । त्यसैले नेपालमा श्रमिक जनताको व्यवस्था निर्माण निर्माण गर्नुपर्ने आवश्यकता छ’, उनले भने ।

उनले नेताहरूले नेपाली युवाहरूलाई बेचेर खाडीमा पठाइएको समेत बताएका छन् । नेताहरूले गाउँगाउँमा म्यानपावर खोलेर युवाहरूलाई पैसा खोज्न मरुभूमिमा पठाइरहेको बताए । ‘नेपाल प्राकृतिकरूपले धेरै धनी छ, सम्पन्न छ । तर नेताहरूले हाम्रा युवाहरूलाई पैसा खोज्न मरुभूमि पठाउने काम गरिरहेको छ। नेताहरूले नै युवालाई बेचेर खाने काम गरिरहेको छ,’ उनले भने । उनले समाजवादी मोर्चाको निर्माणपछि केही शक्तिहरू अतालिएको बताए । ‘मोर्चा आएपछि कयौंको निन्द्रा उडेको छ । देशभित्र र बाहिरबाट पनि घेराबन्दी हुने काम भइरहेको छ । तर हामी सानातिना घेराबन्दी र हस्तक्षेपबाट डराउँदैनौं,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७