क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने पारस खड्काको घोषणा


८ भाद्र २०८०, शुक्रबार
parash khadka
फाइल फोटो

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को बागमती प्रदेश अध्यक्षमा लड्ने भएका छन् । यसअघि नै उम्मेदवारी दिने बताइसकेका खड्कालाई काठमाडौंलगायत चार जिल्लाले समर्थन समेत जनाएका छन् ।

आज (शुक्रबार) पत्रकार सम्मेलन गरी काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर जिल्ला अध्यक्षले खड्कालाई समर्थन गरिने जनाएका छन् । चार जिल्लाले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए । खड्का र चार जिल्लाबीच विभिन्न पद बाँडफाँटमा समेत सहमति भएको छ । सहमतिअनुसार उपाध्यक्षमा मकवानपुर, सचिव ललितपुर र मकवानपुरलाई कोषाध्यक्ष पदमा उम्मेदवार बनाइने छ ।

पारस अहिले काठमाडौं जिल्ला क्रिकेट संघको कार्य समिति सदस्य छन् । प्रदेश संरचनालाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा छलफल गर्दा अहिलेका महत्वपूर्ण व्यक्ति खड्का भएको र उनमा नेतृत्व गर्ने क्षमता पनि भएकाले उनलाई प्रदेश अध्यक्षमा अघि बढाउन आफूहरु सहमत भएको भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष मनिषराज पाण्डेले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७