जनताले तस्करीको गाडी समाएर प्रहरीलाई बुझाए
सर्लाही, २ जेठ । सर्लाहीको त्रिभुवननगर नाकाबाट भन्सारछली गरी भित्र्याइएको सामानहरु स्थानीयबासीले समातेर प्रहरीलाई बुझाएका छन् । मंगलबारमात्र तस्करीको १ ट्याक्टर मल जनताले बरामद गरी सर्लाही जिल्ला प्रहरीलाई बुझाएका छन् ।
सर्लाहीका एसपी मसाउद आलम खाँ एसएसपी बढुवाका लागि सिफारिस भइसकेका छन् । गएको बैशाख २३ मा सर्लाही सरुवा भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी हृदय थापा जान नमानेपछि डीएसपी राजेश थापा निमित्त प्रहरी प्रमुख छन् । डीएसपी थापा र असई मनोज मिश्रको संरक्षणमा विनोद यादवले सर्लाहीका त्रिभुवननगरसहित विभिन्न नाकाबाट मल, लत्ताकपडा लगायतका सामान तस्करी गर्दैआएका छन् ।