ताइवानी राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जाने


२०८० भदौ ९ शनिबार ०७:५२ बजे

काठमाडौं । ताइवानका राष्ट्रपति साई इङ्गवेन आगामी महिना दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको भ्रमणमा जाने भएका छन् । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एक मात्र अफ्रिकी राष्ट्र हो ।

राष्ट्रपति साई इस्वाटिनीको स्वतन्त्रता दिवस एवं त्यहाँका नरेश म्स्वाती तृतीयको जन्मदिवस समारोहमा सहभागी हुन आगामी सेप्टेम्बर ५ मा त्यसतर्फ प्रथान गर्ने राष्ट्रपतिको कार्यालयका प्रवक्ता ओलिभिया लिनले जनाएका छन् । स्वदेश फर्कनु अघि उनले राजाम्स्वाती तृतीयसँग भेट गर्ने, स्थानीय अस्पताल र ताइवानले लगानी गरेका परियोजनाहरूको भ्रमण गर्ने कार्यक्रम छ ।

द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जान लागेको प्रवक्ता ओलिभियाले पत्रकारहरूलाई बताइन् । पहिले स्वाजिल्याण्ड भनेर चिनिने इस्वाटिनी ताइवानलाई मान्यता दिने विश्वका १३ देशमध्येको एक हो । ताइवानलाई चीनले आफ्नो अभिन्न अङ्ग भन्दै आवश्यक परेमा जुनसुकै बेला शक्ति प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ ।

सन् २०१८ मा बुर्किना फासोले ताइपेईलाई परित्याग गरेर बेइजिङको पक्षमा उभिएपछि अफ्रिकामा इस्वाटिनीमात्र ताइवानको कूटनीतिक सहयोगी बचेको छ । सन् २०१६ मा साई सत्तामा आएपछि चीनले ताइवानका नौ कूटनीतिक सहयोगीलाई आफ्नो पक्षमा ल्याइसकेको छ । पछिल्ला दिनमा ताइपेई र बेइजिङबीच सम्बन्ध बिग्रँदै जाँदा ताइवान टापुमा चीनले सैन्य दबाब पनि बढाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७