चार देशीय महिला टी–ट्वान्टी क्रिकेट श्रृंखला उपाधिका लागि नेपाल र हङकङ भिड्दै


९ भाद्र २०८०, शनिबार
nepali women cricket team H95QosBV4X
फाइल फोटो

काठमाडौं । मलेसियामा जारी चार देशीय महिला टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधिका लागि आज (शनिबार) नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । शुक्रबार समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चार-चार अंक भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन् ।

तीनै टोली समूह चरणका दुई दुई खेलमा विजयी भएका थिए । आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७