संसदीय समितिको सभापतिमा माओवादीबाट माधव सापकोटा र विमला सुवेदी


१० भाद्र २०८०, आईतवार
84 Shares
madhav sapkota and bimala s1693115722

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदी र पूर्वाधार विकास समितिको सभापतिमा माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ । माधव सापकोटा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद हुन् । यस्तै विमला सुवेदी नुवाकोटकी हुन् ।

‘माओवादीले पाएको समितिको सभापति टुंगो लागेको छ । यसै विषयमा अन्तिम रूप दिन संसदीय दलमा बैठक बस्दैछ । दलले टुंग्याएपछि मनोनय दर्ताका लागि अगाडि बढ्छौं’, एक नेताले भने । दुवै उम्मेदवारलाई माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको छ । आज दिउँसो ४ बजेसम्म उम्मेदवारी दिने र भोलि निर्वाचन हुने कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७