लेखा समितिमा ऋषिकेश र महिला समितिमा साहको उम्मेदवारी दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा र महिला समितिको सभापतिमा उम्मेदवारी दिएको छ ।
आइतबार लेखा समितिको सभापतिमा एमालेका सांसद ऋषिकेश पोखरेल र महिला समितिको सभापतिमा सांसद किरण साहले उम्मेदवारी दर्ता गरेका हुन् । एमालेले तीन वटा समितिको नेतृत्व पाउने सहमति भएको छ ।
राज्यका निर्देशक सिद्धान्त समितिको सभापतिको निर्वाचन तय नभएकाले एमालेले उम्मेदवारको नाम टुंगो लगाएको छैन । प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन भने भोलि (सोमबार) हुनेछ ।