तालमेलले महरा किन अटाएनन् रोल्पामा ?


७ कार्तिक २०७४, मंगलवार
Krishn bahadur Mahara

दाङ  : संविधानसभाको पहिलो निर्वाचनमा दाण् क्षेत्र नम्बर ३ मा विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा दोस्रो संविधानसभा निर्वाचनका बेला दाङमा अडिएनन् । रोल्पालाई आफ्नो सुरक्षित थलोको रुपमा बुझेका उनी दोस्रो संविधानसभा मा रोल्पा १ बाट जिते ।

Krishn bahadur Mahara

पहिलो निर्वाचनमा दाङमा विजयी महराको रोल्पा यात्रा लाई त्यो बेला उनी दाङमा निकै असुरक्षित गरेर पाखा लागेको भन्ने विश्लेषण गरिएको थियो ।

यसको कारण निर्वाचन जितेपछि उनी मतदातासँग निकट रहन नसकेको भनेर चर्चा गरिएको थियो । प्रतिनिधि सभा निर्वाचनका लागि महरा यसपालि रोल्पामा अटाउन सकेनन् । आजको नागरिक दैनिकमा खबर छ । नेता बर्षमान पुन यसपटक रोल्पा भित्रिने कसरतमा लागेपछि महराका लागि एउटै निर्वाचन क्षेत्र रहेको रोल्पामा स्पेस नरहेको चर्चासमेत भएको छ ।

यद्यपि माअ‍ेवादीले यसलाई भने महराकै सुझावको आधारमा बर्षमान रोल्पामा उम्मेदवार बनेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७