सन्दीप एशिया कपका लागि दोहा हुँदै पाकिस्तान जाँदै


११ भाद्र २०८०, सोमबार
sandeep lamichhane IdHPRwH5TI
फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज (सोमबार) पाकिस्तान जाँदैछन् । सन्दीपविरुद्धको मुद्दाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएपछि उनी आज बिहान साढे १० बजे कतार एयरवेजमार्फत पाकिस्तान प्रस्थान गर्न लागेका हुन् ।

सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनी आज एसिया कप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबार नै पाकिस्तान गैसकेका छन् ।

सन्दीप भने मुद्दाको पेसीका कारण रोकिएका थिए । एशिया कपमा समूह ‘ए’ मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्ने छ । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एशिया कपमा स्थान बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७