डोल्पाको ब्यारेकबाट गुल्मपति बेपत्ता, खोजीमा डीएसपी नेतृत्वको टोली


११ भाद्र २०८०, सोमबार
dolpa majar pandit2023 08 28 03 13 39

डोल्पा । नेपाली सेनाका एक गुल्मपति (मेजर) डोल्पा सदरमुकाबाट बेपत्ता भएका छन् । डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज एवम् गुल्मपति विमल पण्डित आइतबार अपरान्हदेखि सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए ।

‘त्रिपुरातिर जान्छु भनेर व्यारेकबाट निस्किनु भएको रहेछ । अहिलेसम्म उहाँ ब्यारेकमा फर्किनु भएको छैन’, पोखरेलले भने, ‘पीएसओ समेत नलिई बाहिर निस्किनु भएकाले सम्पर्क हुन सकेको छैन ।’ पोखरेलले मेजर पण्डितको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली नै त्रिपुरातिर परिचालित गरिएको बताए । मेजर पण्डितको खोजीका लागि डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिसकेको जानकारी दिंदै उनले अहिलेसम्म उनी नभेटिएको र त्रिपुरातिर गएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको जानकारी दिए ।

मेजर पण्डित आइतबार अपरान्ह इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट निस्किएको बताइएको छ । सुरक्षा स्रोतका अनुसार उनले आफ्ना सुरक्षा गार्डलाई मसँग नआउन एक्लै जान्छु भनेर गएका थिए । मेजर पोखरेल ब्यारेकबाट निस्किएर नफर्किएको २४ घण्टा हुन लाग्दा पनि सम्पर्कमा नआएपछि अनेक आशंकाको अवस्था उत्पन्न भएको पोखरेलले बताएका छन् । पोखरेले दुर्गम क्षेत्र भएकाले टेलिफोन नेट्वर्कको समस्या हुँदा खोजी र सम्पर्क गर्न गाह्रो भएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७