ललिता निवास प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषी उम्काउने खेल हुँदैछ : सांसद गिरी


१२ भाद्र २०८०, मंगलवार
14 Shares
padam giri

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न सरकार समक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा प्रमुख सचेतक गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको दाबी गर्दै भ्रष्टाचारसँग जोडिएका सबै विषयको छानबिन गर्न माग गरे । उनले भ्रष्टाचार र अनियमिततासँग जोडिएका ठूला अभियुक्तलाई कानुनी दायरामा ल्याइनु पर्ने खाँचो औँल्याए ।

उनले भ्रष्टाचार र तस्करीले आम जनतामा निराशा छाएको र यसले सुशासन प्रवद्र्धनमा असर पुग्ने धारणा राखे । ‘देशको अवस्था सुधार गरी सुशासन प्रवर्द्धन हुनुपर्छ । प्राप्त उपलब्धि गुम्नसक्ने अवस्था रहेकाले यसतर्फ सरकार गम्भीर बन्नुपर्छ’, प्रमुख सचेतक गिरीले भने ।

उनले ललिता निवास प्रकरणका दोषी, सुन तस्करमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकार समक्ष माग गरे । उनले पछिल्ला दिनमा जातीय सद्भाव भड्काउने र द्वन्द्व निम्त्याउने खालका गतिविधि भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७