कांग्रेसमा नेतृत्वको खडेरी लाग्यो : पूर्व राष्ट्रपति यादव


३ जेष्ठ २०७५, बिहीबार
rambaran yadav

काठमाडौं, ३ जेठ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले कांग्रेसमा नेतृत्वको अभाव देखिएको औंल्याएका छन् ।
प्रजातान्त्रिक विचार समाजको २० औं स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसका नेताहरु देशको विविधतालाई पहिचान गर्न नसकेर निराश भएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

rambaran yadav
पूर्व राष्ट्रपति डा. रामवरण यादव । तस्विर : फाइल

कांग्रेसले आफूलाई राष्ट्रपति बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गर्ने अवसर दिए पनि पार्टी निरास बन्दै जानु आफ्ना लागि चिन्ताको विषय भएको पूर्व राष्ट्रपति यादव बताएका छन् । पूर्व राष्ट्रपति यादवले विपी कोइराला जस्ता नेताहरुले जनतासँग स्थापित गरेको सम्बन्धलाई समेत कांग्रेस नेतृत्वले बिर्सिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । यादवले नागरिकसँगको सम्बन्धलाई स्थापित गर्ने काममा केन्द्रित हुन पनि नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई सुझाव समेत दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७