कानुनमन्त्रीलाई गगनको सुझाव : अपराधको राजनीतिकरण गर्ने विधेयकको भारी नबोक्नुस्


१२ भाद्र २०८०, मंगलवार
Gagan Thapa scaled
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गरेका छन् ।

प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा बोल्दै उनले अपराधको राजनीतिकरण गर्ने विधेयकको भारी कांग्रेसले नबोल्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन । यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरे पनि हुन्छ भन्ने ठानिएको छ । प्रधानमन्त्री ज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’ उनले संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याए पनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको टिप्पणी गरे ।

उनले भने, ‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नहरुलाई जोगाउने गरी जुन प्रावधान ल्याइएको छ । कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु राजनीतिक अपराधीकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । कानुन मन्त्रीलाई मेरो आग्रह पनि छ २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोल्नुस् । यसलाई बिसाउनुस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७