अमेरिकाले भन्यो–एमसीसीको व्याख्यात्मक घोषणासँग सहमत छौं


१२ भाद्र २०८०, मंगलवार
mcc head

काठमाडौं । अमेरिकी राजदूताबासले गत बर्ष संसदबाट एमसीसी पारित हुँदा थपिएको १२ बुँदे व्याख्यात्मक घोषणासँग सहमत रहेको पुनः स्पष्ट पारेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाललगायत सत्तारुढ दलका नेताले नै व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठाएपछि अमेरिकाले यस्तो प्रतिक्रिया जनाएको हो ।

‘एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौँ,’ अमेरिकी राजदूताबासले भनेको छ, ‘नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्नेलगायत कम्प्याक्टका शर्तहरूसम्बन्धी हाम्रो बुझाइसँग उक्त व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ ।’

अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलर अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा जानु अघिल्लो दिन (मंगलबार) पुनः सम्झौतालाई लिएर वक्तव्य जारी गरेको हो । नेपालको संघीय संसद्को प्रतिनिधिसभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई अनुमोदन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७