समाजवादी मोर्चाले आज धनगढीमा सन्देश सभा गर्दै, शीर्ष नेताहरूले सम्बोधन गर्ने


१३ भाद्र २०८०, बुधबार
Prachanda samajbadi morcha scaled
फाइल फोटो

धनगढी । समाजवादी मोर्चा नेपालले आज (बुधबार) धनगढीमा सन्देश सभाको आयोजना गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन् । सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए ।

मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने भएको छ । सम्बोधनका क्रममा नेताहरूले समसामयिक विषयमा आफ्नो र मोर्चाको धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७