६० किलो सुन तस्करी प्रकरण : दावाका मुख्य सहयोगीलाई भारतमा पक्राउ गरेर ल्याइयो


१३ भाद्र २०८०, बुधबार
cib

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले एक व्यक्तिलाई भारतमा पक्राउ गरी ाठमाडौं ल्याएको छ । सिन्धुपाल्चोक घर भएका किशोर बस्नेतलाई प्रहरीले दिल्लीबाट पक्राउ गरेर ल्याएको सीआईबी स्रोतले जानकारी दियो ।

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको मुख्य सहयोगीका रुपमा देखिएपछि बस्नेतलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ । स्रोतका अनुसार, बस्नेतले दावाको निर्देशन अनुसार हङकङबाट सुन जडित सामग्रीहरु मगाएको पाइएको छ ।

‘दावाको निर्देशन अनुसार सुन भएका विभिन्न उपकरण उनले मगाएको देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘उनको पक्राउसँगै यसमा थप नयाँ तथ्यहरु फेला पर्ने अपेक्षा छ ।’ हालसम्म प्रहरीले यसमा २५ जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले गणेश पौडेललाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७