दृष्टिविहीनमुक्त बनाउन ‘आइ क्याप फोर चितवन’ अभियान  


७ कार्तिक २०७४, मंगलवार
chitwan district

चितवन : जर्मनेली स्वयम्सेवी महिलाको पहलमा जिल्लालाई दृष्टिविहीनमुक्त बनाउने ‘आइ क्याप फोर चितवन’ अभियान शुरु गरिएको छ ।पटक पटक नेपाल घुम्न आएकी जर्मनेली स्वयम्सेवी काट्रियको पहल तथा सपोर्ट एण्ड केयर पुनःस्थापना केन्द्र रत्ननगर–९ को अगुवाइमा सो अभियान शुरु गरिएको हो ।chitwan district
‘बिना दृष्टि अधूरो सृष्टि’ भन्ने मूल नारासहित परीक्षण परियोजनाका रुपमा जिल्लाका आठ ग्रामीण र विकटस्थलमा अभियानअन्तर्गत बृहत् निःशुल्क आँखा शिविर शुरु गरिएको छ ।अभियान रत्ननगरका तीन स्थान, कालिका नगरपालिकाका दुई तथा भरतपुर महानगर, राप्ती नगरपालिका र माडी नगरपलिकाका एक एक स्थान गरी आठ स्थानमा शिविरमार्फत आँखाको परीक्षण शुरु गरिएको हो ।

सोमबार रत्ननगरको जिरौनामा दुई सय ५६ जनाको आँखाको परीक्षण र समस्या देखिएकालाई उपचार गरेर अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा जिल्लाका दुई हजार बढी व्यक्तिको आँखा परीक्षण गरिनेछ ।

एक दिन बिराएर आठ ठाउँमा पहिलो चरणमा शिविर गरिने छ । काट्रियले आफू नेपालका विभिन्न ठाउँमा घुम्न आएकामा सबैभन्दा धेरै चितवनमा आँखाका समस्या भएका बिरामी भेटेको भन्दै जर्मनीमा विभिन्न नागरिकबाट सहयोग तथा चन्दाबाट संकलित रकमबाट शिविर शुरु गरिएको बताए ।

अभियानका संयोजक तथा पुनःस्थापना केन्द्रका अध्यक्ष राजबन्धु गौतमले बिरामीको समस्या पहिचान गरी उपचार गर्ने र शिविरमार्फत निःशुल्क चश्मादेखि औषधि वितरण र सबै उपचार खर्च बेहोरिने व्यवस्था मिलाइएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७