संरचनागत सुधार नगरी मुलुकमा वैदेशिक लगानी आउँदैन : पूर्व अर्थमन्त्री शर्मा

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सहजै वैदेशिक लगानी नआउने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शर्माले नेपालमा लगानीका प्रशस्त सम्भावना भए पनि लगानीका सम्भावनाहरुलाई परिचालन गर्न नसकेको बताए। उनले नेपालमा आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको बताए ।
शर्माले सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास नगर्दा सरकारका संरचनाहरुले आवश्यकताको आधारमा काम गर्न नसकेको बताए । उनले मुलुकको संरचनागत सुधार आजको आवश्यकता भएको दाबी गरे । उनले भने, ‘नेपालमा लगानीका प्रस्शत सम्भावना छन्। तर लगानीका सम्भावनाहरुलाई परिचालन गर्न सकिरहेका छैनौं ।
आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको छ । प्राप्त मात्रामा छैन । सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास गरिरहेको छैन। सरकारका संरचनाहरु छन् । तर आवश्यकताको आधारमा काम हुन सकेको छैन । त्यसको प्रतिफल मुलुकले लिन सकेको छैन । मुलुकको संरचनागत सुधार आजको आवश्यकता हो । अब सरकारले संरचनागत सुधार नगरी नेपालमा सजिलै वैदेशिक लगानी आउन सक्दैन ।’
पूर्व अर्थमन्त्री शर्माले मुलुकमा भारत, चीन, अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिक नीतिको कारण प्राप्त गरिरहेको बताए । उनले वैदेशिक लगानी ल्याउनको लागि नेपालले प्रयासहरुलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । शर्माले सरकारले आर्थिक रुपमा समृद्धि ल्याउनको लागि संरचनागत सुधार र स्थिर राजनीतिक आवश्यक रहेको बताए । उनले अस्थिर राजनीतिक भएसम्म आर्थिक वृद्धि हुन नसक्ने बताए ।