समाजवादी मोर्चाको सभा आज पोखरामा, शीर्ष नेताहरुले सम्वोधन गर्ने


१५ भाद्र २०८०, शुक्रबार
28 Shares
Samajbadi Morcha 1

काठमाडौं । समाजवादी मोर्चाका शीर्ष नेताहरूले आज (शुक्रबार) गण्डकी प्रदेशमा आयोजना हुने सन्देश सभालाई सम्बोधन गर्ने भएका छन् ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने माओवादी केन्द्रका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरूको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धतासहित समाजवादी मोर्चा गठन भएको पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७