सर्वसाधरणका लागि आठ वर्षपछि खुल्यो तातोपानी नाका (तस्वीरहरु)


१५ भाद्र २०८०, शुक्रबार
Tatopani naka khula

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानी नाका आठ वर्षपछि आज (शुक्रबार) बाट सर्वसाधारणका लागि खुला भएको छ । चीनसँगको उत्तरी सीमा नाका तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणले आउजाउ गर्न पाएका हुन् ।

tatpopani naka 15 bhadau NBoNvSWYB2

भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार बिहानबाट तातोपानी नाका खुला गरिएको हो । नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । त्यसक्रममा सांसद सापकोटा आफैं पनि मितेरी पुल तरेर चीनतर्फ प्रस्थान गरेका थिए ।

Tatopak8ni naka khula 1

सांसद सापकोटासहितको टोलिलाई चिनियाँहरुले भव्य स्वागत गरेका छन् । ‘यो ऐतिहासिक क्षणको साक्षी बनेर खुशी साट्न पाउँदा खुसी लागेको छ,’ सापकोटाले भने, ‘आजबाट नाका पूर्णरुपमा सञ्चालनमा आएको छ ।’ गएको मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने गरी नाखा खुला गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार आजबाट तातोपानी नाका स्थानीय सर्वसाधारणको लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिएका छन् ।

Tatopak8ni naka khula 2

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएको थियो। भूकम्पपछि ०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो । तीन महिनाअघिदेखि तातोपानी नाकाबाट मालवाहक सवारीको आवतजावत खुला गरिएको थियो । नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले अब आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७