कोशी सरकारविरूद्धको मुद्दा न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा


१५ भाद्र २०८०, शुक्रबार
hikmat uddhav adalat

काठमाडौं । कोशी प्रदेश सरकारविरूद्धको मुद्दामा आज (शुक्रबार) सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ ।

मुद्दाबारे आजै फैसला आउन सक्ने सम्भावना छ । भदौ ४ गते मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उत्प्रेषणयुक्त परमादेश अथवा उपयुक्त आदेश माग गरेका छन् । उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनैपनि निर्णय नगर्न आदेश गरेको थियो ।

सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ । सर्वोच्चले मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउन सर्वोच्चले आदेश दिएको थियो। सोहीअनुसार मुद्दाको सुनुवाइ हुन लागेको हो । यसअघि निवर्तमान सभामुख बाबुराम गौतमले थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरिदिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७