सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ बाडफाँट कसरी हेर्ने ?


१५ भाद्र २०८०, शुक्रबार
IPObanking

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ आज बाडफाँट भएको छ। कम्पनीको सेयर ७ लाख ६८ हजार जना आवेदकले प्राप्त गरेका छन्।

बाँकी ६ लाख ९२ हजार ६१ आवेदकको हात खाली भएको छ। कम्पनीले ७६ लाख ८० हजार कित्ता सेयरका निष्कासन गरेको थियो।

आइपीओ नतिजा सिडिएससी आइपीओ रिजल्ट, मेरो सेयरबाट हेर्न सकिन्छ। त्यस्तै, सेयर विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेवसाइटबाट समेत हेर्न सकिन्छ।

कम्पनीले गत साउन ३२ गतेदेखि ४ भदौसम्म आइपीओ खुला गरेको थियो।

यो आइपीओमा २.१३ गुणा बढी आवेदन परेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा सेयर जारी गरेको थियो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले ९ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँट गरिसकेको थियो।

बाँकी भएको सेयरमा ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ। ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७