‘पार्टी एकता विश्वलाई नयाँ सन्देश हो’


३ जेष्ठ २०७५, बिहीबार
Yogesh Bhattarai 1

-योगेश भट्टराई

पार्टी एकताकाे यो क्षण एकदमै खुशी र रोमाञ्चक क्षण हो । हामी ६ प्रदेशको सरकारमा छौं । भने प्रदेश नं. २ मा सशक्त प्रतिष्पर्धीको रुपमा छौं । स्थानीय तहमा ७५३ स्थानीय तहकाे करिब ५५ प्रतिशतकाे नेतृत्वमा छौं । Yogesh Bhattarai 1

नेपालको परिवर्तनकामी नेपाल कम्युनिष्ट पार्टीमा शुभचिन्तक राख्नेहरुका लागि खुशीको क्षण हो । यस्तै प्रवासमा रहेका ५० औं लाख नेपालीहरुका लागि जो बाहिर विदेशमा काम गरिरहेका छन् । उनीहरुका लागि पनि यो खुशीको क्षण हो । उहाँहरु जन्मिएको देशमा आज चमत्कार भइरहेका छ । संसारभर रहेका नेपालीहरुले आज खुशी मनाउने दिन हो । साथै नेपाललाई स्थायित्व, विकासको मोडलतिर जाओस् भन्ने दुई महत्वपूर्ण शुभेच्छुक हाम्रा छिमेकी देश चीन र भारत, हाम्रा सबै मित्र राष्ट्रका साथै विश्वभरीका राष्ट्रहरुका साथै संयुक्त राष्ट्र संघ लगायत सबैको लागि खुशीको क्षण हो । अब नेपालमा उहाँहरुले पनि लोकतन्त्र, स्थायित्व खोज्नु भएको थियो त्यो कुरा नजिक आउँदैछ ।

विगतलाई हेर्न हो भने हाम्रो विभाजनको इतिहास छ । एकताको पनि इतिहास छ । विगतमा पनि ४२ कम्युनिष्ट पार्टी र समूहहरु मिलेर एमाले बनेको थियो । भने माओवादी केन्द्र पनि थुप्रै कम्युनिष्ट पार्टीहरु मिलेर बनेको थियो । यी दुई कम्युनिष्ट पार्टी एक हुँदा मुलतः मुख्य अंशले यसले पूरा गरेको छ । अब नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासले एकताको इतिहास शुरु गरेको छ । हामी कुनै शंका विना आत्मविश्वासका साथ एकतामा आएका छौं । यो नेपाली जनताले चाहेको, दुनियाँ, शुभचिन्तकले चाहेको एकता भएकाले विभाजनतिर जाँदैन् । यो समृद्धितिर जान्छ । अब हाम्रो प्रत्यत्न अरु साना कम्युनिष्ट पार्टीहरुलाई पनि मुल भंगालोतिर ल्याउने हुनेछ ।

नेपाल मुजुदर किसान पार्टी, जनमोर्चा, कतिपय संविधान नमानेर बाहिर बसेका दल छन् उहाँहरुलाई रुपान्तरण गर्दै मुल कम्युनिष्ट पार्टीमा समावेश गराउँछौं ।

२००६ बैशाख १० गते सन १९५० अप्रिल २२ को दिन कमरेड पुष्पलालले स्थापना गर्नुभएको इतिहासको निरन्तरता हो यो । अब त्यो इतिहासको उत्तराधिकारीको रुपमा एक बृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा छौं हामी ।

(तत्कालिन नेकपा एमालेका केन्द्रीय सचिव तथा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य योगश भट्टराईले पत्रकारहरुसँग गरेको कुराकानीमा आधारित)

 

याे पनि पढ्नुहाेस्

नेकपाले जारी गर्‍यो पार्टीको ६ बुंदे घोषणापत्र, पार्टीको कार्यक्रम ‘जनताको जनवाद’

ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई खुवाए सपथ

भर्खर जन्मिएको नेकपालाई बाबुरामको तिखो व्यङ्ग्य, यस्तो पछि सपथ खानुस्…

एमाले र माकेको एकीकरण जनताको बलिदानको अवमूल्यन हो : मोहन वैद्य

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७